Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बारपाकमा एकैघरमा ३ जना मृत भेटिए, मृतकको शव जौबारी ल्याईयो

बारपाकमा एकैघरमा ३ जना मृत भेटिए, मृतकको शव जौबारी ल्याईयो

इच्छाकामना न्युज

१०, फाल्गुण २०७७
बारपाकमा एकैघरमा ३ जना मृत भेटिए, मृतकको शव जौबारी ल्याईयो
images

गोरखा, १० फागुन । गोरखाको बारपाकमा एउटै घरमा सुतेका ३ जना आज बिहान मृत भेटिएका छन् । जिल्लाको बारापाक सुलिकोट गाउँपालिका–१ बारपाक स्थित धामी तोराङमा गएराती एउटै घरमा सुतेका १ पुरुष र २ महिला जना मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

images
images

मृतावस्थामा भेटिनेहरुमा ८४ बर्षका दिलबहादुर गुरुङ, उहाँकी बुहारी २२ बर्षकी आईतकुमारी गुरुङ र १३ बर्षिया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेको उहाँले बताउनुभयो । आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि संगैको छिमेकीले भित्र गएर हेर्दा तिनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षण इश्वर लौडारीको नेतृत्वको टोली घटनास्थल तर्फ पठाइएको एसपी गुरुङले जानकारी दिनुभयो । घटनास्थलमा पुगेर थप अनुसन्धान नगरेसम्म घटनाको बारेमा थप केही बताउन नसक्ने उहाँको भनाई छ । मृत्तक सबैको मुखबाट फिँज बगिरहेको पाइएकाले बिषालु च्याउँ खाएका कारण मृत्यु भएको हुनसक्ने स्थानीयले आंशका गरेका छन् ।

बिहान घर भित्र मृत भेटिएका बारपाकका तीन जनाको शव पोष्टमार्टमका लागि जौवारी ल्याइएको छ । प्रहरी निरीक्षक इश्वर लौडारी नेतृत्वको टोलीले घटनास्थलको मुचुल्का सकेर तीनवटै शव पोष्टमार्टका लागि जौवारी ल्याएको हो ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - १९:३०:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology