Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कस्तो रहला तपाईको आजको दिन ? छिम्केश्वरी माईको दर्शन गर्दै हेर्नुस् राशिफल

कस्तो रहला तपाईको आजको दिन ? छिम्केश्वरी माईको दर्शन गर्दै हेर्नुस् राशिफल

इच्छाकामना न्युज

२३, फाल्गुण २०८१
कस्तो रहला तपाईको आजको दिन ? छिम्केश्वरी माईको दर्शन गर्दै हेर्नुस् राशिफल

२०८१ फागुन २३ गते, शुक्रवार, ७ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष अष्टमी तिथि, १३ः३६ बजेपछि नवमी। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, १५ः६३ बजेपछि मिथुन।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

images

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र चिताएको काम सम्पादन हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ पहिलेको उपलब्धिले थप काम गर्न हौसला मिल्नेछ। साँझतिर नयाँ जिम्मेवारी समेत बढ्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। दिगो काम प्रारम्भ हुनेछ।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले व्यक्तित्व निखार्ने समय छ। दिगो योजना प्रारम्भ हुन सक्छ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। तर परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। बोली व्यहारमा संयम रहँदै गरिएको मिहिनेतले फाइदा दिलाउनेछ।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। सस्तो लाभमा लोभिँदा व्यर्थैमा खर्च हुनेछ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। साँझतिर स्थिति अनुकूल बन्नाले मनग्य लाभ हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पूर्वाह्न समय विशेष लाभदायी रहनेछ। पेसा र व्यवसायले राम्रो लाभ दिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। तर मध्याह्नपछि धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार(व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ। मध्याह्नपछि सरसापटमा धन बाहिरिने सम्भावना छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ला।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। भाग्यले विभिन्न अवसर दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। बाध्यात्मक परिस्थितिले सताए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुट्नेछन्। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। पेसा–व्यवसायमा मनग्य आम्दानी हुनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। साँझदेखि कामको चाप बढ्नेछ भने स्वास्थ्य कमजोर रहनेछ। सावधानीले मात्र उपलब्धि जोगाउन सकिनेछ।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले द्वेष गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ। साँझतिर कामबाट फुर्सद पाइनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तकहरूको साथ प्राप्त हुनुका साथै सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साँझतिर विवादास्पद काममा हात हाल्दा आलोचित बन्नुपर्ला। स्वास्थ्यमा केही कमजोरी र काममा पनि खर्चको समय रहनेछ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा काम रोकिन सक्छ। मध्याह्नपछि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। साथीभाइको सहयोग जुट्नेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनले नयाँ गति लिनेछ। लेखन कलामा पनि निखारता आउनेछ।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चिताएको काममा बिहानै जुट्नुहोला, सोचेजस्तै सफलता मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। दिउँसोदेखि विश्वासिला व्यक्तिहरूले धोका दिने हुँदा काम रोकिन सक्छ। सानो कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला। धेरै नजिकिनेहरूले पनि सताउन सक्छन्। नेपालीपात्रोबाट

images
प्रकाशित मिति :फाल्गुण २३, २०८१ शुक्रवार - ०७:५४:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology