Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मानवसेवा, रेडक्रस र गुरुकुललाई शहिदलखन गाउँपालिकाद्धारा ३ लाख आर्थिक सहयोग

मानवसेवा, रेडक्रस र गुरुकुललाई शहिदलखन गाउँपालिकाद्धारा ३ लाख आर्थिक सहयोग

जेशिका पुलामी

२५, आश्विन २०७७
मानवसेवा, रेडक्रस र गुरुकुललाई शहिदलखन गाउँपालिकाद्धारा ३ लाख आर्थिक सहयोग

शहिदलखन, २४ असोज
गोरखाको शहिदलखन गाउँपालिकाले विभिन्न ३ वटा संस्थालाई आर्थिक सहयोग गरेको छ। आज एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाले मानव सेवा आश्रम गोरखा, नेपाल  रेडक्रस सोसाईटी जिल्ला शाखा र गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई आर्थिक सहयोग गरेको हो।

images

121321595_717713282179370_8086909531822052534_n.jpg
नेपाल रेडक्रस सोसाइटी गोरखालाई एक लाख पचास हजार रुपैयाँ, गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई पचास हजार र मानव सेवा आश्रम गोरखालाई एक लाख रुपैयाँ गरि जम्मा ३ लाख आर्थिक सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो।
आश्रमकी मुना लामा, नेपाल रेडक्रस सोसाइटीका सभापति भगवानबाबु मास्के र गुरुकुलका व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल श्रेष्ठलाई गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले चेक हस्तान्तरण गर्नुभएको हो।

121309694_2853103968348590_5173935849759262460_n.jpg

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - ०६:३७:२४ बजे

जेशिका पुलामी

पत्रकार जेसिका पुलामी इच्छाकामना न्युजका सह–सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जमा समेत कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology