आँबुखैरेनी। गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार आँबुखैरेनी अस्पतालको निरीक्षण गर्नुभएको छ ।
मन्त्री पाण्डेले प्रदेश सरकारबाट प्राप्त सामग्री लगायत अस्पताल बाट प्रदान गर्दै आएको शल्यक्रिया, हेमोडायलाईसिस, लगायत विभिन्न सेवाको निरीक्षण गर्नुभएको अस्पतालले जनाएको छ ।
निरीक्षणको क्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान,उपाध्यक्ष दुर्गा अर्याल, गाउँपालिका प्रवक्ता एव वडा नं. १ का वडाअध्यक्ष प्रेम बहादुर तमु, वडा नं. ३ का वडा अध्यक्ष दिनेश के. सी. , अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर डिबि क्षेत्री लगाएतको उपस्थिति रहेको थियोे ।