Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

फिस्लिङ–आग्रीडाँडा सडकमा कालोपत्रे सुरु, अनिश्चितकालका लागि आवतजावत बन्द

फिस्लिङ–आग्रीडाँडा सडकमा कालोपत्रे सुरु, अनिश्चितकालका लागि आवतजावत बन्द

इच्छाकामना न्युज

२२, चैत्र २०८१
फिस्लिङ–आग्रीडाँडा सडकमा कालोपत्रे सुरु, अनिश्चितकालका लागि आवतजावत बन्द
images

फिस्लिङ । पृथ्वी राजमार्गको फिस्लिङदेखि गण्डकी गाउँपालिका ६ आग्रीडाँडा अनिश्चितकालका लागि बन्द भएको छ । सडक कालोपत्रे गर्नका लागि भन्दै गत बुधबारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सवारी आवागमन बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।

images
images

सो सडकखण्डमा अहिले कालोपत्रे गर्नका लागि बेस राख्ने काम भइरहेको वडाध्यक्ष तुलबहादुर गुरुङले बताए । अर्को सूचना नआएसम्म सो सडकखण्डमा सवारी साधान आवतजावत बन्द रहने उनले जानकारी दिए । सवारी प्रयोगकर्ताहरुले वैकल्पिक मार्गको रुपमा फिस्लिङदेखि वनटार हुँदै आग्रीडाँडा निस्कने बाटो प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

सो सडक कालोपत्रे भएपछि फिस्लिङदेखि हाल गाउँपालिकाको कार्यालय रहेको ठाउँसम्म पुग्न पनि सहज हुनेछ ।

images
प्रकाशित मिति :चैत्र २२, २०८१ शनिवार - ०९:१७:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology