Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

'सरकार सञ्चालनमा कुनै समस्या छैन, शिक्षकका मागमा गम्भीर' : सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्र

'सरकार सञ्चालनमा कुनै समस्या छैन, शिक्षकका मागमा गम्भीर' : सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्र

इच्छाकामना न्युज

४, बैशाख २०८२
'सरकार सञ्चालनमा कुनै समस्या छैन, शिक्षकका मागमा गम्भीर' : सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्र
images

काठमाडौँ । सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, बाहिर उत्पन्न भएका क्रिया प्रतिक्रियाबारे समीक्षा भएको हो ।

images
images

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले समसामयिक नियमित विषयमा सकारात्मक छलफल भएको बताए । “दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको नियमित बैठक बसेको हो । समसामयिक विषयमा राम्रो छलफल भएको छ”, उनले भने, “सत्ता सञ्चालनका विषयमा कुनै समस्या छैन । बाहिर जुन ढङ्गले कुरा आइरहेको छ, त्यस्तो कुनै समस्या छैन । दुई शीर्ष नेतासहितको बैठकमा सौहाद्र्रपूर्ण र सकारात्मक कुराकानी भयो ।”

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालनको विषयबारे समीक्षा भएको बताइएको छ  ।

गृहमन्त्री लेखकले शिक्षकको माग चाँडो सम्बोधनका लागि सरकार गम्भीर रहेको बताए । उनले संसद्को आगामी अधिवेशनबाट शिक्षासम्बन्धी विधेयक टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । 

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संयन्त्रका नेताहरू सहभागी थिए । 

एमालेबाट उपप्रधान तथा अर्थमन्त्री एवं उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए । 

यस्तै, कांग्रेसका तर्फबाट गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री डा आरजू राणा देउवा सहभागी थिए । संयन्त्रका सदस्य एवं महामन्त्री गगनकुमार थापा भने उपस्थित थिएनन् । 

images
प्रकाशित मिति :बैशाख ४, २०८२ बिहिवार - ०८:४०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology