Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

झापाको दमक नगरपालिका फोहोरबाट ग्याँस उत्पादन गर्ने तयारीमा

झापाको दमक नगरपालिका फोहोरबाट ग्याँस उत्पादन गर्ने तयारीमा

पत्रपत्रिका

१५, फाल्गुण २०७७
झापाको दमक नगरपालिका फोहोरबाट ग्याँस उत्पादन गर्ने तयारीमा

काठमाण्डौँ, १५ फागुन । झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम काम अगाडि बढेको छ । फोहोरबाट ऊर्जाअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने योजना रहेको दमक नगरपालिका वातावरण शाखा प्रमुख ज्ञानेन्द्र चौधरीले बताए ।

images

यसका लागि फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ । दमक–३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र स्थापना गरिएको प्रशोधन केन्द्रमा नगरको फोहोर लगेर अजैविक अर्थात् प्लास्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहोर छुट्याइन्छ ।

यसरी छुट्याइएको फोहोरमध्ये जैविक फोहोरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहाइन्छ । यसरी कुहिएको फोहोरबाट मिथेन बायोग्यास उत्पादन हुन्छ ।

उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप अर्थात् सिलिन्डरमार्फत वितरण गरिने प्रमुख चौधरीले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा टीकाराम उप्रेतीले लेखेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - ०८:२९:२६ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology