Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि

गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि

images
गण्डकीको बजेट अधिवेशन जेठ ११ गतेदेखि
images

गण्डकी। गण्डकी प्रदेशको बजेट (बर्खे) अधिवेशन जेठ ११ गतेदेखि सुरु हुने भएको छ । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले जेठ ११ गतेदेखि सुरु हुनेगरी आइतबार बजेट अधिवेशन आह्वान गरेका हुन् ।

गण्डकी प्रदेश सरकारको गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुसार गण्डकी प्रदेश सरकारले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख भट्टले जेठ ११ गते दिउँसो २ बजेदेखि अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता तथा उप–सचिव रामेश्वर अर्यालले जारी गरेको सूचनामा उल्लेख छ । प्रवक्ता अर्यालले सरकारले गरेको सिफारिस पत्र आइतबार प्राप्त भएलगत्तै प्रदेश प्रमुख भट्टले अधिवेशन आह्वान गरेको जानकारी दिए ।

गण्डकी प्रदेश सभाको पछिल्लो अधिवेशन गत चैत २६ मा अन्त्य भएको थियो । बजेट अधिवेशनमा बजेटसँगै नीति तथा कार्यक्रम प्रस्तुत हुनुका साथै छलफलसहित पारित हुने गर्दछ । सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगाडि नै संसदमा बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्नुपर्दछ ।

गण्डकी प्रदेशमा जेठ १२ गते बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने तयारी प्रदेश सरकारको छ । अर्थमन्त्री डा.टकराज गुरुङ अहिले मन्त्रालयहरुको सिलिङ लिएर बजेटको सिद्धान्त र प्राथमिकतासँगै बजेट निर्माणको काममा जुटेका छन् ।

गण्डकी प्रदेशमा अहिले गत वर्ष भन्दा झण्डै ४ अर्ब कम बजेट ल्याउने तयारी छ । चालु आर्थिक वर्षका लागि अघिल्लो साल गण्डकी सरकारले ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट ल्याएको थियो । तर यस पटक साढे २९ अर्बको बजेट ल्याउने तयारीमा अर्थमन्त्री जुटेको निकट श्रोतले बताएको छ । यस वर्ष बजेट घट्छ,मन्त्रालय श्रोतले भन्यो,।।।सम्भवत २९ अर्ब ५० करोडको सेरोफेरोमा बजेट ल्याउने तयारी छ ।’

images
प्रकाशित मिति :जेठ ४, २०८२ आइतवार - १६:३८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology