Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बन्दीपुरमा बस र टिपर ठोक्किँदा ७ जना घाइते

बन्दीपुरमा बस र टिपर ठोक्किँदा ७ जना घाइते

images
बन्दीपुरमा बस र टिपर ठोक्किँदा ७ जना घाइते
images

बन्दीपुर । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ गोरेचौतारा नजिक मंगलबार बिहान भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँ अनुसार बस र टिपर ठोक्किँदा सात जना घाइते भएका हुन् ।

रुकुम–पश्चिमबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–००१ अ–यो ००२७ नम्बरको टिपर ठोक्किँदा बसमा सवार ६ जना र टिपर चालकसहित सात जना घाइते भएको जिल्ला प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए ।

घाइतेमध्ये एक जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको भने बाँकी घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

images
प्रकाशित मिति :जेठ ६, २०८२ मंगलवार - १४:३४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology