चितवन, जेठ ६ । डिभिजन वन कार्यालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ‘मेसवायर जाली’ राख्ने कार्य सुरु गरेको छ । मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काम सुरु गरिएको हो ।
कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार माडी नगरपालिकाका छ वटा सामुदायिक वनमा मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि घेरबार (मेसवायर जाली) राख्न लागिएको हो । दुई हजार ८०० मिटर क्षेत्रफलमा यो जाली राखिने छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि हामीले मध्यवर्ती क्षेत्रमा पहिलोपटक काम थालेका छौँ । प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको रु एक करोड १५ लाखको लागतमा जाली राख्ने काम सुरु गरिएको हो ।