Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भिरबाट लडेर ज्यान गुमाएका दुई महिलाको शव बुझाइयो परिवारलाई

भिरबाट लडेर ज्यान गुमाएका दुई महिलाको शव बुझाइयो परिवारलाई

images
भिरबाट लडेर ज्यान गुमाएका दुई महिलाको शव बुझाइयो परिवारलाई
images

तनहुँ । यहाँको ऋषिङ गाउँपालिका–३ स्थित टोर्के सामुदायिक वनमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएका दुई महिलाको शव परिवारलायृ बुझाइएको छ ।

सोमबार घाँस काट्ने क्रममा लडेर मृत्यु भएका स्थानीय ६२ वर्षीया श्रीमाया राना र २६ वर्षीया खिमसरा मगरको शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अशोक थापाले जानकारी दिए ।

वनमा घाँस काट्न गएका दुई महिला अबेरसम्म नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा श्रीमाया सालको रुखमा र खिमसरा वनमाराको झ्याङमा अड्किएको अवस्थामा मृत फेला गरेका थिए ।
मृतक दुवै जनाको शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको र भवितव्य ज्यान मुद्दा शीर्षकमा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।

images
प्रकाशित मिति :जेठ ७, २०८२ बुधवार - ०७:१३:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology