Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तेह्रथुमको छथर गाउँपालिका ६ सुदापका किसानलाई हाते ट्याक्टर प्रदान 

तेह्रथुमको छथर गाउँपालिका ६ सुदापका किसानलाई हाते ट्याक्टर प्रदान 

विकाश गुरुङ

१५, फाल्गुण २०७७
तेह्रथुमको छथर गाउँपालिका ६ सुदापका किसानलाई हाते ट्याक्टर प्रदान 

तेह्रथुम, १५ फागुन । तेह्रथुमको छथर गाउँपालिका ६ सुदापका किसानलाई हाते ट्याक्टर प्रदान गरिएको छ । सघन धानबाली प्रवद्र्धन कार्यक्रम अन्तरगत किसानलाई ट्याक्टर प्रदान गरिएको हो । कृषि ज्ञान केन्द्र धनकुटाको ५० प्रतिशत अनुदानमा १० वटा ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । 
किसानलाई ट्याक्टर सहित २ थान थ्रेसर मेसिन, धानको बिउ, विषादी,मल लगायतमा ज्ञान केन्द्रले साझेदारीमा सहयोग गरेको हो । ज्ञान केन्द्र र किसानको १६ लाख ५० हजार रुपैयाँको साझेदारीमा सामग्री प्रदान गरीएको हो । छथर गाउँपालिकाले किसानहरुलाई प्रविधिक सहयोग,अनुगमन, परामर्श लगायतमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष तिगेलाको भनाइ छ । परम्परागत रुपमा गोरु जोतेरै खेती गर्दै आएका किसानहरु आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । ट्याक्टर पाएसँगै किसानलाई धेरै जमिन पनि थोरै समयमा खनजोत गर्न सहज बनेको छ ।

images

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - ०९:४८:४६ बजे

विकाश गुरुङ

पत्रकार गुरुङ तेह्रथुममा सञ्चालित रेडियो तीनजुरे १०३.८ मेगाहर्जमा समाचार प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology