इच्छाकामना, ८ माघ । इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको उपस्थितिमा दाहाखानी क्षेत्रमा किसानहरूसँग सुन्तला खेतीको लागि अनुदान सहयोगको विषयमा प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अध्यक्ष गुरुङले कृषकहरूको दिर्घकालिन आय आर्जन र वृद्धिको लागि सुन्तला खेतीलाई एक उत्कृष्ट वैकल्पिक स्रोतको रूपमा प्रस्तुत गर्दै यसको विकासका लागि विभिन्न योजनाहरू बनाइने जानकारी दिए।
उनले थपे, "हाम्रो उद्देश्य भनेको कृषकहरूलाई आर्थिक सुदृढीकरण गर्नका लागि अनुदान सहयोग प्रदान गर्नु हो। यसले उनीहरूको उत्पादन क्षमता बढाउने र दीर्घकालिन आम्दानीको स्रोत बन्नेछ।" कार्यक्रममा किसानहरूले अनुदान सहयोग प्राप्त गर्नका लागि विभिन्न सुझाव र प्रश्नहरू राखेका थिए।
आगामी दिनमा यस विषयमा थप छलफल र योजना बनाइने विश्वास गरिएको छ।