Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

साइबर अपराध र बाल विवाहबारे विद्यार्थीहरूलाई अनुशिक्षण

साइबर अपराध र बाल विवाहबारे विद्यार्थीहरूलाई अनुशिक्षण

साइबर अपराध र बाल विवाहबारे विद्यार्थीहरूलाई अनुशिक्षण
images

इच्छाकामना, जेठ ८ । इच्छाकामना गाउँपालिका र इलाका प्रहरी कार्यालय (इ.प्र.का) मुग्लिङको संयुक्त आयोजनामा साइबर अपराध तथा बाल विवाह सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।

images
images

कार्यक्रम इच्छाकामना गाउँपालिका–७ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, खेतबारीमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहले विद्यार्थीहरूलाई साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी तथा बाल विवाहका कानुनी पक्षहरूबारे जानकारी दिएका थिए।

उनले किशोर–किशोरीहरूलाई साइबर सुरक्षाबारे सचेत रहनु आवश्यक रहेको उल्लेख गर्दै अभिभावक र विद्यालयले पनि सजग भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालको विशेष उपस्थिति रहेको थियो। उनले यस्ता अनुशिक्षण कार्यक्रमले बालबालिकालाई सही मार्गदर्शन दिने विश्वास व्यक्त गरिन्।

सहभागी विद्यार्थीहरूले कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिएका छन्

images
प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - २२:५१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology