Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आँबुखैरेनीमा डेंगु रोग नियन्त्रणका लागि सरसफाई कार्यक्रम सम्पन्न

आँबुखैरेनीमा डेंगु रोग नियन्त्रणका लागि सरसफाई कार्यक्रम सम्पन्न

आँबुखैरेनीमा डेंगु रोग नियन्त्रणका लागि सरसफाई कार्यक्रम सम्पन्न
images

आँबुखैरेनी , ९ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा डेंगु रोगको नियन्त्रणका लागि सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत गाउँपालिकाका विभिन्न टोलहरूमा सरसफाइ कार्य गरिएको हो।

images
images

गाउँपालिकाद्वारा जारी गरिएको सूचना अनुसार, सबै टोल विकास संस्थाहरूसँगको सहकार्यमा बिहान ८ बजेबाट एकसाथ सरसफाई कार्यक्रमको शुरुआत भएको थियो। कार्यक्रममा समावेश भएका टोल विकास संस्थाहरूले आफ्नो टोलमा रहेका गन्दगीलाई नष्ट गर्दै सफा सफाइ कार्य सम्पन्न गरे।

गाउँपालिकाका पअध्यक्ष शुक्र चुमानले जानकारी दिए अनुसार, “खोज र नष्ट गर तथा सरसफाई कार्यक्रम”को मुख्य उद्देश्य डेंगु रोगको फैलावटलाई रोक्नु र समुदायमा स्वास्थ्य सुरक्षासम्बन्धी जागरूकता ल्याउनु रहेको छ। गाउँपालिकाले सबै नागरिकलाई नियमित रुपमा आफ्नो टोलको सरसफाईमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।

गाउँपालिकाले सरसफाई कार्यक्रममा सक्रिय सहभागिता जनाएका सबै टोल विकास संस्थाहरूलाई धन्यवाद दिँदै, भविष्यमा पनि यस किसिमका अभियानलाई निरन्तरता दिनको लागि आह्वान गरेको छ।

गाउँपालिका कार्यालयले समुदायको सहयोग र सक्रियता देखेर आगामी दिनहरूमा थप प्रभावकारी सरसफाई र रोग नियन्त्रण कार्यक्रमहरूको आयोजन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

images
प्रकाशित मिति :जेठ ९, २०८२ शुक्रवार - २२:३९:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology