Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सामुदायिक वन समुदायकै सम्पत्ति भएकोले संरक्षण व्यवस्थापन र दिगो उपयोगमा सबैको साझा जिम्मेवारी हो : वनमन्त्री कृष्ण सिलवाल

सामुदायिक वन समुदायकै सम्पत्ति भएकोले संरक्षण व्यवस्थापन र दिगो उपयोगमा सबैको साझा जिम्मेवारी हो : वनमन्त्री कृष्ण सिलवाल

इच्छाकामना न्युज

११, जेठ २०८२
सामुदायिक वन समुदायकै सम्पत्ति भएकोले संरक्षण व्यवस्थापन र दिगो उपयोगमा सबैको साझा जिम्मेवारी हो : वनमन्त्री कृष्ण सिलवाल

काठमाण्डौ । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाले सामुदायिक वन समुदायकै सम्पत्ति भएकाले त्यसको संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो। शुक्रबार सम्पन्न सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, बागमती प्रदेशको दोस्रो प्रदेश परिषद् कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वनमन्त्री सिलवालले यस्तो बताउनुभएको हो ।

images

उहाँले समुदायमा आधारित वन व्यवस्थापनलाई थप व्यवस्थित गर्दै नागरिकको जीवनस्तर उकास्ने गरी आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, वन नीति निर्माणको प्रक्रियामा महासंघसँग समन्वय गरी अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले अराजकता, अव्यवस्था र अनियमितता अन्त्य गर्न संवाद र सहकार्यमार्फत समाधान खोजिनुपर्ने धारणा राख्नुभयो।

महासंघका अध्यक्ष विनोद सापकोटाले सामुदायिक वन जनताले हुर्काएको सम्पत्ति भएको हुँदा यसमा अरू कसैको अनावश्यक हस्तक्षेप हुन नहुने स्पष्ट पार्नुभयो। उहाँले वनको संरक्षण, विकास र न्यायोचित उपयोग सन्दर्भमा सरकारको ध्यान दिनुपर्नेमा जोड दिँदै वनको दिगो विकासका लागि सरकार र महासंघबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रमको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशले सामुदायिक वनसम्बन्धी समस्या, सुधारका आवश्यकताका लागि नीति तथा कार्यक्रमका लागि सुझावहरू समेटिएको ज्ञापनपत्र प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाललाई बुझाएको छ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष वृख्र बहादुर शाही, महासचिव पार्वता गौतम, सचिवालय सदस्य नारायण नेपाल, फरेस्ट एक्सन नेपाल, रिकफ्ट नेपाल, वन पैदावार उद्योग व्यवसायी संघ लगायतका प्रतिनिधि तथा १३ वटै जिल्लाबाट आएका जिल्ला अध्यक्षहरू, स्थानीय महासंघका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :जेठ ११, २०८२ आइतवार - ००:१३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology