नवलपुर । नारायणी नदीमा माछा मार्न गएका गैंडाकोट नगरपालिका–७ निवासी ४० वर्षीय यमलाल दराई मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार राति दुई जना साथीसँग गैडाकोट ९ थुम्सीस्थित नारायणी नदीमा माछा मार्न गएका दराई नदीले बगाई बेपत्ता भएका थिए।
उनको खोजी गर्ने क्रममा आज बिहान ९ बजेतिर मृत अवस्थामा थुम्सी नजिकै नारायणी नदी किनारमा शव फेला परेको हो। उनको शव आवश्यक मुचुल्का तयार पारी पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गैंडाकोटले बताएको छ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीसँग माछा मार्न गएका अन्य साथीहरु भने सुरक्षित रहेका छन्।