Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

छिम्केश्वरी माई मन्दिरको पुनर्निर्माण कार्य तीब्र

छिम्केश्वरी माई मन्दिरको पुनर्निर्माण कार्य तीब्र

इच्छाकामना न्युज

१३, जेठ २०८२
छिम्केश्वरी माई मन्दिरको पुनर्निर्माण कार्य तीब्र
images

आँबुखैरेनी, १३ जेष्ठ । तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको पुनर्निर्माण कार्य अहिले तीब्र गतिमा जारी छ । आँबुखैरेनी गाउँपालिकाको नीति र कार्यक्रमअनुसार, छिम्केश्वरी मन्दिरको पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

images
images

यो मन्दिर समुन्द्र सतह देखी २,१३४ मिटरको उचाईमा अवस्थित सात देवी मध्ये सबैभन्दा पवित्र मानिने छिम्केश्वरी माइको पवित्र स्थल हो। गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार, छिम्केश्वरी मन्दिरको विकास र सुधारका लागि विभिन्न कार्यहरू चलिरहेका छन्।

यी कार्यहरूमा नेपाली कला र संस्कृति झल्कने पाैवा पाटी (फाल्चा) निर्माण, मन्दिरको भित्र पित्तलको चदुँवा र पाताहरूको लगाउने व्यवस्था, बाहिरी पेटी र सिँढीहरूमा तेरीया इट्टा राख्ने, र आंगन परिसरमा ढुङ्गा राख्ने जस्ता महत्वपूर्ण कार्यहरू समावेश छन्।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले यस कार्यको महत्त्व बताउँदै भने, "छिम्केश्वरी मन्दिरको पुनर्निर्माणले मात्र धार्मिक स्थलको महत्वलाई बढाउँदैन, साथै यसले समग्र गाउँपालिकाको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउने छ।"

मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रको धार्मिक पर्यटनको विकासमा उल्लेखनीय प्रभाव पर्ने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :जेठ १३, २०८२ मंगलवार - १६:२३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology