आँबुखैरेनी, १३ जेष्ठ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित बेनिटारबाट प्रहरीले लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत बेनिटारमा सवारी साधन चेकजाँच गर्ने क्रममा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नं. ४ का २९ वर्षीय जय कुमार बललाई ४१० क्याप्सुल ट्रामाडोल नामक नियन्त्रित लागु औषधि सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका बलले उक्त औषधि लुकाएर ल्याएको भन्ने आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
प्रहरीले उक्त घटनामा थप अनुसन्धान सुरु गरेको जनाएको छ। ट्रामाडोल एक प्रकारको अपिओइड एनाल्जेसिक औषधि हो, जसलाई चिकित्सकको निर्देशन बिना प्रयोग गर्नु कानूनी अपराध हो।