Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ऐना पहरा क्षेत्रमा Skywalk निर्माणको प्रक्रिया सुरु

ऐना पहरा क्षेत्रमा Skywalk निर्माणको प्रक्रिया सुरु

इच्छाकामना न्युज

१४, जेठ २०८२
ऐना पहरा क्षेत्रमा Skywalk निर्माणको प्रक्रिया सुरु

आँबुखैरेनी, १४ जेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐना पहरा क्षेत्रको पर्यटन प्रवर्द्धन लागि Skywalk निर्माणको प्रक्रिया सुरु गरेको छ। यो परियोजना पर्यटनको विकास र साहसिक गतिविधिहरूको लागि महत्वपूर्ण कदम मानिएको छ।

images

गाउँपालिकाले ऐना पहरा क्षेत्रलाई साहसिक क्रियाकलापका लागि उपयुक्त स्थलका रूपमा विकसित गर्ने योजना बनाएको हो। हाल सर्भे कार्य भइरहेको र Skywalk निर्माणको तयारीले तीव्रता लिएको गाउँपालिकाले जनाएको छ । यो परियोजनाबाट स्थानीय पर्यटनको विस्तार र आर्थिक विकासको नयाँ अवसर सिर्जना हुने आशा गरिएको छ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरा क्षेत्रको पर्यटनमा नयाँ युगको शुरुवात हुने विश्वास व्यक्त गर्दै भने, "Skywalk निर्माणले यहाँको पर्यटनलाई नयाँ उचाइमा पुर्याउनेछ र यसले स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउनेछ।" अध्यक्ष चुमानका अनुसार, यो परियोजना स्थानीय रोजगारीको सृजनासहित क्षेत्रको समग्र विकासमा ठूलो योगदान पुर्याउने छ।

यसका साथै, ऐनापहरा क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिहरूको संयोजनले यो स्थानलाई पर्यटनको प्रमुख गन्तव्य बनाउने छ। गाउँपालिकाले ऐनापहरा क्षेत्रमा विभिन्न पूर्वाधारका कामहरू अघि बढाइरहेको छ, जसले गर्दा यहाँको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउन मद्दत पुर्याउने छ ।

images
प्रकाशित मिति :जेठ १४, २०८२ बुधवार - १४:२०:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology