Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ओली पक्ष सांसद खरिदमा लागेको प्रचण्ड पक्षका नेताको आरोप 

ओली पक्ष सांसद खरिदमा लागेको प्रचण्ड पक्षका नेताको आरोप 

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
ओली पक्ष सांसद खरिदमा लागेको प्रचण्ड पक्षका नेताको आरोप 
images

गोरखा, १५ फागुन । नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना भएसँगै केपी ओलीले नैतिकता आधारमा प्रधानमन्त्री पदबाट राजीनामा नदिइ पदमा टाँसिएर बसेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।  ओली पक्षले सत्तामा टाँसिरहने  नियतका साथ सांसदलाई आफ्नो पक्षमा पार्न सुटकेशमा पैसा  बोकेर हिँड्न थालेको आरोप पनि उहाँले लगाउनुभएको छ ।  
आज गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरू सँगको छलफलमा उहाँले ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँडेपछि उनीहरुको योजना कुनैपनि हालतमा सफल हुन नसक्ने बताउनुभयो ।  सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेर संविधान  र देशको पक्षमा साहसिक फैसला गरेको टिप्पणी गर्दै उहाँले न्यायालयमाथि जनताको भरोसा अझ बढेर गएको बताउनुभयो  ।  कार्यक्रममा  पार्टी भित्रका एकताका बाँकी कामहरु छिट्टै पूरा गर्ने पनि बताउनुभयो । 

images
images

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - २०:१०:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology