आँबुखैरेनी, १९ जेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क केउरानी टोल निवासी मोडल तथा कलाकार रिया गुरूङ (उज्जेली) ले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई रु १०,००० बराबरको स्टेशनरी सामग्री वितरण गरेकी छन्।
मोडल तथा कलाकार रिया गुरूङ (उज्जेली) का अनुसार, यो सहयोग शिक्षा क्षेत्रको प्रोत्साहन र विद्यार्थिहरूको भविष्य उज्ज्वल बनाउनका लागि गरिएको हो।
मोडल तथा कलाकार गुरूङले यस किसिमको सहयोगको माध्यमबाट विद्यालयका विद्यार्थीहरूलाई आवश्यक स्टेशनरी सामग्री प्राप्त भएको छ, जसले उनीहरूको शैक्षिक यात्रा थप सहज र समृद्ध बनाउनेमा विश्वस्त रहेको बताईन।
स्टेशनरी सामग्री वितरण कार्यक्रममा कन्यादेवी मावि. का प्रधानाध्यापक सुर्यमान गुरूङले गुरूङको यस अर्थपूर्ण र प्रेरणादायी सहयोगको कदर गर्दै धन्यवाद प्रकट गरेका छन्।
उनले भने, " रिया गुरूङको यो प्रयासले विद्यालयको शिक्षामा सकारात्मक प्रभाव पार्नेछ र विद्यार्थीहरूको प्रगति र समृद्धिमा योगदान पुर्याउने छ।"