Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी क्याम्पसमा लागुऔषध तथा दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम

आँबुखैरेनी क्याम्पसमा लागुऔषध तथा दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम

इच्छाकामना न्युज

२२, जेठ २०८२
आँबुखैरेनी क्याम्पसमा लागुऔषध तथा दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम

आँबुखैरेनी, जेठ २२ । लागु औषधको ओसारपसार तथा दुर्व्यसन नियन्त्रण सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले तनहुँको आँबुखैरेनीमा एक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

images

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको टोलीले आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी क्याम्पसमा सो कार्यक्रम सम्पन्न गरेको हो।

क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा स्वतन्त्र विद्यार्थी यूनियनको सक्रिय समन्वयमा आयोजित उक्त कार्यक्रममा उल्लेखनीय विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई लागु औषधको ओसारपसार, सेवनका दुष्परिणाम, कानुनी प्रावधान तथा समाजमा पर्ने असरबारे विस्तृत जानकारी दिइएको थियो। कार्यक्रमले युवाहरूलाई लागु औषध सम्बन्धी सचेतना फैलाउन र दुर्व्यसनबाट जोगिन प्रेरणा दिने उद्देश्य राखेको थियो।

प्रहरी निरीक्षक सुवेदीले यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। स्थानीय समुदाय तथा विद्यार्थीहरूले कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रम निरन्तर आयोजना गरिनुपर्ने आवश्यकता औँल्याएका छन्।

images
प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - १५:१०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology