Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तमु महागुरुहरूको स्मृतिमा बत्ती र धूप बाल्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

तमु महागुरुहरूको स्मृतिमा बत्ती र धूप बाल्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

२२, जेठ २०८२
तमु महागुरुहरूको स्मृतिमा बत्ती र धूप बाल्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

आँबुखैरेनी, जेष्ठ २२ । तमु सृष्टिकर्ता तथा प्रथम तमु प्रवर्द्धक मंगोल वंशका खेकु गुरु त्हें, कु गुरु त्हें, कुन्ज्योम् गुरु त्हें लगायतका ९/९ जना महागुरुहरूको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

images

आँबुखैरेनी-१ बरादीमा आयोजित कार्यक्रममा गुरुहरूको तस्बिरमा जन्म जयन्तीको अवसर पारेर बत्ती र धूप बालिएको थियो। कार्यक्रमको उद्घाटन तमु प्ये ल्हु संघ आँबुखैरेनी इकाइ समितिका अध्यक्ष उर्ग्यानि प्हैंईबों खेगी घ्यापृगुरु पृथ्वी बहादुर प्रु तमु, उपाध्यक्ष धन बहादुर प्रु तमु, सचिव दीपक कोके तमु, र तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद आँबुखैरेनी इकाइ समितिका अध्यक्ष पूर्ण बहादुर खक्यु यी चार जनाले संयुक्त रूपमा बत्ती र धूप बालेर गर्नुभयो।

कार्यक्रममा तमु ह्युल, तमु प्ये ल्हु संघ तथा तमु स्यो ह्युलका अध्यक्षहरू डोल्मा क्रोंन्जस्यो, पृथ्वी बहादुर प्र्हाँङ्सा तमु, मीनशोभा तमु, देव बहादुर तमु, बिरु तमु, पबि तमु, रेशम बहादुर तमु, लाल बहादुर तमु लगायत दुबै संस्थाका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

उक्त अवसरमा उपस्थित अतिथिहरूले छोटो मन्तव्यसहित गुरुहरूप्रति श्रद्धा प्रकट गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गरेका थिए।

images
प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - १६:४१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology