Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

त्रिशुली नदी किनारमा एक पुरुषको शव फेला, सनाखत हुन बाँकी

त्रिशुली नदी किनारमा एक पुरुषको शव फेला, सनाखत हुन बाँकी

इच्छाकामना न्युज

२२, जेठ २०८२
त्रिशुली नदी किनारमा एक पुरुषको शव फेला, सनाखत हुन बाँकी

आँबुखैरेनी, जेठ २२ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजिपस्थित त्रिशुली नदीको किनारमा एक पुरुषको शव फेला परेको छ। आज बिहीबार बिहान करिब १०:३० बजे स्थानीयवासीले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

images

ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार मृतकको हालसम्म नाम, थर र वतन खुलेको छैन। प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमको लागि प्रदेश अस्पताल दमौली, तनहुँको शवगृहमा राखिएको छ। प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी ६० देखि ६५ वर्षको बीचमा रहेको अनुमान गरिएको छ।

पानीले फुलेको मोटो शरीर भएको, उचाइ करिब ५ फुट २ ईन्च, टाउकोमा कपाल नभएको र टुप्पीको भागमा सेतो फुलेको छोटो कपाल रहेको शवमा शरीरको अधिकांश भागमा औंसा (किरा) परेको जनाइएको छ।

शवको सनाखत हुन नसकेको हुँदा उक्त हुलिया मिल्ने व्यक्तिलाई कसैले चिनेको वा जानकारी भएको खण्डमा जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय आँबुखैरेनी वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान जारी राखेको जनाएको छ।

images
प्रकाशित मिति :जेठ २२, २०८२ बिहिवार - २२:३६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology