Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

युथ क्लबद्वारा इच्छाकामनाको एक विद्यालयमा शैक्षिक तथा स्टेसनरी वितरण

युथ क्लबद्वारा इच्छाकामनाको एक विद्यालयमा शैक्षिक तथा स्टेसनरी वितरण

इच्छाकामना न्युज

२५, जेठ २०८२
युथ क्लबद्वारा इच्छाकामनाको एक विद्यालयमा शैक्षिक तथा स्टेसनरी वितरण
images

इच्छाकामना । युथ क्लब नारायणगढले चितवनको इच्छाकामना गाउँपालिकाको एक विद्यालयमा शनिबार शैक्षिक तथा स्टेसनरी सामग्री वितरण गरेको छ ।

images
images

कुसुना नेपाल मैत्री संघ जापानको सहयोगमा युथ क्लब नारयाणगढले इच्छाकामना गाउँपालिका–२ भोटेगाउँको राष्ट्रिय आधारभूत विद्यालयका बालबालिकालाई सामग्री वितरण गरेको हो । कार्यक्रममा कापी, कलम, चित्र बनाउने सामग्री, खेलकुदका सामग्री तथा खाद्य सामग्री वितरण गरेको क्लबका अध्यक्ष शालिग्राम नेपालले जानकारी दिए ।

चेपाङ मात्र बालबालिका अध्ययन गर्ने विद्यालयमा विपन्न वर्गले अध्ययन गर्दै आएका छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चेपाङ, शिक्षक आनन्द ओझा, क्लबका पूर्वअध्यक्ष विष्णु सापकोटा, कोषाध्यक्ष अनिता नेपालीले मन्तव्य राखेका थिए ।

क्लबका सदस्य केशव पौडेल, सौरभ प्रधान, विद्यालयका प्रधानाध्यापक अम्बिका खनाललगायतले शैक्षिक सामग्री वितरण गरेका थिए । क्लबका अध्यक्ष शालिग्राम नेपालको सभापतित्वमा भएको कार्यक्रम महासचिव रामचन्द्र आचार्यले सञ्चालन गरेका थिए ।

images
प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १२:४६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology