Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीमा गाँजा सहित एक युवक पक्राउ

आँबुखैरेनीमा गाँजा सहित एक युवक पक्राउ

इच्छाकामना न्युज

२६, जेठ २०८२
आँबुखैरेनीमा गाँजा सहित एक युवक पक्राउ
images

आँबुखैरेनी, जेठ २६ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गको सडकखण्डमा प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

images
images

प्रहरीको गस्ती टोलीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग २ ख १६१९ नम्बरको यात्रुबाहक माइक्रोबस जाँच गर्ने क्रममा एक यात्रुको साथबाट ६ किलो २०० ग्राम गाँजा फेला पारेको हो। पक्राउ परेका व्यक्ति गोरखा जिल्ला पालुङटार नगरपालिका–१० स्थायी बासिन्दा वर्ष २५ का दिनेश श्रेष्ठ हुन्।

हाल उनी पोखरा महानगरपालिका–९, न्युरोडमा बसोबास गर्दै आएका छन्। श्रेष्ठले गाँजा लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीले उक्त लागुऔषध बरामद गरी मुद्दा दर्ता गरिसकेको र थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ।

images
प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - २२:१५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology