मुग्लिन । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालको विशेष पहलमा चितवन निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा १ मा बागमती प्रदेश सरकारको विभिन्न मन्त्रालय मार्फत आगामी आर्थिक वर्षको लागि झण्डै साढे ३४ करोड बजेट विनियोजन भएको छ ।
आईतबार राती अबेर गरेर प्रस्तुत गरिएको बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२।०८३ को बजेट अनुसार मन्त्री सिलवालको निर्वाचन क्षेत्रमा ३४ करोड २७ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
प्रस्तुत बजेट अनुसार मन्त्रालय अनुसार उल्लेखित बजेटहरु विनियोजन भएको छ ।







