Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

मनकामनामा फूलखेती सम्बन्धी तालिम सम्पन्न

मनकामनामा फूलखेती सम्बन्धी तालिम सम्पन्न

इच्छाकामना न्युज

४, आषाढ २०८२
मनकामनामा फूलखेती सम्बन्धी तालिम सम्पन्न
images

मनकामना ,४ असार । गोरखाको शहिद लखन गाउँपालिका–२, मनकामनामा फूलखेती सम्बन्धी तालिम सम्पन्न भएको छ। बुधबार गाउँपालिकाको आयोजनामा वडा नम्बर २ र ३ का कृषकहरुलाई लक्षित गरी तालिम प्रदान गरिएको हो ।

images
images

वडा नम्बर २ स्थित वडा कार्यालयको सभाहल मनकामनामा सम्पन्न तालिममा दुई वडाका १८ जना सहभागी थिए। तालिममा व्यावसायिक रूपमा फूलखेती गर्न आवश्यक ज्ञान, सीप तथा प्रविधि प्रदान गरिएको थियो।वडा नम्बर २ का वडाध्यक्ष सकुन थापाले फूलखेतीप्रति कृषकको आकर्षण बढाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयोे।

“हाम्रो भूगोल र हावापानी फूलखेतीका लागि उपयुक्त छन्,” वडाध्यक्ष थापाले भन्नुभयो, “अब तालिमपछि किसानले व्यावसायिक रूपमा उत्पादन थाल्ने अपेक्षा गरेका छौं।” तालिमको समुद्घाटन कार्यक्रममा वडा नम्बर २ की वडाध्यक्ष सकुन थापा र वडा नम्बर ३ का वडाध्यक्ष दीपक पाण्डेको आतिथ्यता रहेको थियो ।

गाउँपालिकाले आगामी दिनमा पनि कृषि क्षेत्रको विविधिकरण तथा आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता तालिमहरु निरन्तर सञ्चालन गर्दै जाने जनाएको छ।

images
प्रकाशित मिति :आषाढ ४, २०८२ बुधवार - २२:०१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology