Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

अमेरिकामा तेस्रो कोरोना विरुद्धको खोपलाई आधिकारिक अनुमति 

अमेरिकामा तेस्रो कोरोना विरुद्धको खोपलाई आधिकारिक अनुमति 

एजेन्सी

१६, फाल्गुण २०७७
अमेरिकामा तेस्रो कोरोना विरुद्धको खोपलाई आधिकारिक अनुमति 
images

जनसन एण्ड जनसनले विकास गरेको कोरोना विरुद्धको खोपलाई आधिकारित अनुमति दिइएको छ । अमेरिकाको खाद्य तथा व्यवस्थापकनिकाय (एफडीए) ले जनसन एन्ड जनसनले विकास गरेको कोरोना विरुद्धको खोपलाई आधारिक रुपले मान्यता दिएको हो । 
अमेरिका यस खोपलाई मान्यता दिने विश्वकै पहिलो मुलुक पनि बनेको छ । फाइजर र मोडर्नाको खोप सरह अमेरिकामा तेस्रो खोपले अनुमति पाएको हो । जनसन एण्ड जनसनले विकास गरेको कोरोना विरुद्धको खोपको विशेषता भनेको यसको एक डोज मात्रै लिए हुन्छ । साथै यसलाई सामान्य रेफ्रिजरेटरमा पनि स्टोर गर्न सकिन्छ । जबकी फाइजर र मोडर्नाको खोपको दुई डोज लिनु पर्छ भने यसलाई स्टोर गर्नका लागि विशेष किसिमको डीपफ्रिजरको आवश्यकता हुन्छ । 
यस्तै जनसन एन्ड जनसनको खोप अन्य खोपको तुलनामा सस्तो पनि रहेको बताइएको छ । तर, मूल्यको बारेमा भने हालसम्म केहि खुलाइएको छैन । कम्पनीले यसै वर्षको जुन महिनाको अन्त्यसम्म अमेरिकामा १० करोड खोप आपूर्ति गर्ने तयारी गरेको छ । बेलायत, यूरोपीय यूनियन र क्यानेडाले पनि यस खोपको माग गरिसकेको छ । त्यसबाहेक को–भ्याक्स योजनामार्फत् कम्पनीलाई ५० करोड खोपको अर्डर दिइएको छ । ताकि गरीर मुलुकमा कोरोना विरुद्धको खोप आपूर्ति गर्न सकियोस् ।

images
images

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - ०९:११:४३ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology