Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

हातिबाङका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

हातिबाङका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण

images

इच्छाकामना न्युज

१९, आषाढ २०८२
हातिबाङका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
images

इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं १ हातिबाङमा किसानलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा उपकरण वितरण कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमअन्तर्गत स्थानीय कृषकहरूलाई मल, बीउ, कृषि औजार, प्लास्टिक टनेल सामग्री लगायत विभिन्न आधुनिक कृषि उपकरणहरू वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार कृषकहरूलाई आधुनिक तथा व्यावसायिक खेतीतर्फ आकर्षित गर्न यो कार्यक्रम ल्याइएको हो। "स्थानीय उत्पादनमा वृद्धि, कृषकहरूको आत्मनिर्भरता र जीवनस्तर सुधारका लागि यो पहल गरिएको हो," उपाध्यक्ष सिलवालले भनिन्।

कार्यक्रममा सहभागी कृषकहरूले अनुदानको यो योजनाले आफूहरूलाई खेतीमा प्रोत्साहन मिलेको बताएका छन्। हातिबाङका कृषक भन्छन्, "पहिलेजस्तो परम्परागत तरिकाले मात्रै सम्भव हुन्नथ्यो, अहिले उपकरण सहयोगले सजिलो भएको छ।"

गाउँपालिकाले आगामी दिनमा समेत कृषिमा आधारित विभिन्न कार्यक्रम ल्याउँदै जाने जानकारी दिएको छ।

images
प्रकाशित मिति :आषाढ १९, २०८२ बिहिवार - ०८:२९:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology