Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामनाको चण्डीभञ्ज्याङ स्वास्थ्य चौकीमा विद्युत नहुँदा समस्या

इच्छाकामनाको चण्डीभञ्ज्याङ स्वास्थ्य चौकीमा विद्युत नहुँदा समस्या

images

इच्छाकामना न्युज

१९, आषाढ २०८२
इच्छाकामनाको चण्डीभञ्ज्याङ स्वास्थ्य चौकीमा विद्युत नहुँदा समस्या
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका ६ मा रहेको चण्डीभञ्ज्याङ स्वास्थ्य चौकीमा बिद्युत अबरुद्द हुँदा स्वास्थ्य चौकीको सेवामा समस्या भएको छ । गत शुक्रबारबाट बिद्युत सेवा अबरुद्द हुँदा बिशेष गरी इमेर्जेन्सीका बिरामी, डेलिभरीका बिरामीको उपचारमा समस्या परेको हो ।

स्वास्थ्य चौकीकी एक नर्सका अनुसार स्वास्थ्य चौकी जस्तो संवेदनशिल ठाउँमा बिद्युत नहुँदा निकै समस्या परेको बताइन् । उनले स्वास्थ्य चौकी बिद्युत नहुँदा समस्या भएको हुँदा अस्पताल प्रशासन, वडा कार्यालय गाउँपालिकालाई खबर गर्दा पनि चासो नदेखाएको बताईन् ।

उनले भनिन्, बिद्युतका कारण समस्या भएपछी बिद्युत कार्यालयमा बुझ्दा सानो तारले नधानेर बिद्युत सेवा अबरुद्द भएको बताउनुभयो । बिद्युत सेवा सुचारु गर्नका लागि ठुलो तार आवश्यक पर्ने भएपछी मैले सबैलाई खबर गरे कसैले चासो देखाउनु भएन ।

स्वास्थ्य सेवा बाहेक बत्ती नहुँदा शौचालयमा पानीको समस्या, खाने पानीको समस्या परेको बताइन्न। सोही समस्यालाई लिएर बुधबार मुग्लिन प्रहरी निबेदन गरेपछी आइतबारसम्म बत्ति बनाउने जानकारी प्राप्त भएको उनको भनाई छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०८२ बिहिवार - १९:२२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology