Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनामा चर्खा मेशिन हस्तान्तरण, महिलालाई स्वरोजगारको अवसर

इच्छाकामनामा चर्खा मेशिन हस्तान्तरण, महिलालाई स्वरोजगारको अवसर

इच्छाकामना न्युज

२२, आषाढ २०८२
इच्छाकामनामा चर्खा मेशिन हस्तान्तरण, महिलालाई स्वरोजगारको अवसर

इच्छाकामना | गरिबी निवारण तथा स्वरोजगार सृजनाको लक्ष्यसहित इच्छाकामना गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ।

images

इच्छाकामना–७, भालुमारामा सम्पन्न उक्त कार्यक्रममा चर्खा धागो बनाउने मेशिन वितरण गरी स्थानीय महिलाहरूलाई सीप विकास तालिम समेत सुरु गरिएको छ।

कार्यक्रमको उद्घाटन इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले गर्नुभएको थियो। उहाँले स्थानीय उत्पादन र सीपमूलक उद्यमले दीर्घकालीन रुपमा आर्थिक सशक्तिकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

"हामीले स्वरोजगार र सीपमा आधारित उद्यमलाई प्राथमिकतामा राखेका छौँ," उपाध्यक्ष सिलवालले भनिन्, "धागो उत्पादनजस्ता पारम्परिक सीपलाई आधुनिक प्रविधिसँग जोड्दै आम्दानीमुखी बनाउन यस्तो कार्यक्रम ल्याइएको हो।"

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय महिला समूह, लाभग्राहीहरू र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत स्थानीय महिलाहरूलाई धागो उत्पादन, गुणस्तरीय तयारी प्रक्रिया तथा साना उद्यम सञ्चालनसम्बन्धी तालिम प्रदान गरिने आयोजकले जनाएको छ।

इच्छाकामना गाउँपालिकाले लघु उद्यम तथा सीप विकासमार्फत समुदायमा आर्थिक समावेशीकरणको नयाँ बाटो खोल्ने प्रयास गर्दै आएको छ।

images
प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - १९:२३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology