इच्छाकामना । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्र चितवनले इच्छाकामना गाउँपालिका र गण्डकी गाउँपालिकाका केही क्षेत्रहरूमा असार २३ गते एक दिन विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ।
प्राधिकरणका अनुसार इच्छाकामना गाउँपालिकाको तामिन, लामिडाँडा, केबलकार क्षेत्रदेखि रमाइलोडाँडा, कुरिनटार, चुम्लिङटार, मोवाखोलासम्म र इच्छाकामना मन्दिर, गोरखाको मकैसिंह, भुम्लीचोक तथा आसपासका क्षेत्रमा ११ केभी प्रसारण लाइन स्तरोन्नति तथा नयाँ फिडर निर्माण कार्यका लागि मिति २०८२ असार २३ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ।
नेपाल विद्युत प्राधिकरणले काम तोकिएको समयभन्दा छिटो सकिएमा विद्युत सेवा छिटो सुचारु गरिने जनाएको छ।
विद्युत सेवा अवरुद्ध हुने भएकाले स्थानीयवासी तथा सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।