Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आँबुखैरेनी-१ सत्रसयमा मित्रता अपाङ्गता समावेशी विद्यालयको स्थापना

आँबुखैरेनी-१ सत्रसयमा मित्रता अपाङ्गता समावेशी विद्यालयको स्थापना

इच्छाकामना न्युज

२३, आषाढ २०८२
आँबुखैरेनी-१ सत्रसयमा मित्रता अपाङ्गता समावेशी विद्यालयको स्थापना
images

आँबुखैरेनी | “शिक्षा सबैका लागि” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा स्थापना भएको श्री मित्रता अपाङ्गता समावेशी विद्यालयको औपचारिक शुभारम्भ विशेष समारोहका साथ सम्पन्न भएको छ। फरक क्षमता भएका बालबालिकाको आवश्यकता र अधिकारलाई केन्द्रमा राख्दै विद्यालयलाई एसिया कै नमुना समावेशी शिक्षालयको रूपमा विकास गर्ने लक्ष्य लिएको विद्यालयले जनाएको छ।

images
images

शुभारम्भ समारोहमा विद्यालयका अध्यक्ष के.पी. अधिकारीको अध्यक्षता थियो भने गाउँपालिका अध्यक्ष शुक्र चुमान प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, शिक्षाविद् डा. बाबुराम ढुंगाना (काठमाडौं विश्वविद्यालय), समावेशी शिक्षाका प्राध्यापकहरू, तथा राष्ट्रिय अपाङ्गता महासंघ नेपाल गण्डकी प्रदेश समिति अध्यक्ष गंगादेवी घर्ती मगर लगायतको उपस्थिति थियो।

विद्यालयले अपाङ्गता भएका र विशेष आवश्यकताका बालबालिकालाई एउटै कक्षा कोठामा समावेशी सिकाइ विधिमार्फत शिक्षा प्रदान गर्न थालेको छ। हालसम्म २५ जना बालबालिका भर्ना भइसकेका छन् भने यही महिना भित्र ४० जना पुग्ने अपेक्षा गरिएको छ। यद्यपि हालको भौतिक संरचना सीमित भएकाले सम्पर्कमा आएका सबै बालबालिकालाई भर्ना गर्न सकिएको छैन। नयाँ भवन निर्माणको तयारीसँगै थप विद्यार्थीलाई समेट्ने योजना विद्यालयले बनाएको छ।

शिक्षासँगै विद्यालयले थेरापी सेवा, मनोपरामर्श, र आधारभूत स्वास्थ्य उपचारसमेत एकै स्थानबाट प्रदान गर्ने लक्ष्य राखेको छ। यसले अपाङ्गता भएका बालबालिकाको सम्पूर्ण आवश्यकताको एकीकृत व्यवस्थापन गर्ने प्रयास गरेको विद्यालय प्रशासनले जनाएको छ।

शिक्षकहरूलाई समावेशी शिक्षासम्बन्धी विशेष तालिम दिने योजना समेत रहेको छ, जसले उनीहरूलाई फरक क्षमता भएका बालबालिकासँग व्यवहार गर्न सक्षम बनाउनेछ। विद्यालयले विशेष गरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा दिन चाहेको छ।

सार्वजनिक–सामुदायिक साझेदारीमा आधारित यस विद्यालयलाई गाउँपालिकाले नवीनतम शिक्षा मोडलका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

विद्यालय न केवल शिक्षा क्षेत्रमै सीमित रहने, तर समानता, सहअस्तित्व र सामाजिक समावेशीताको प्रतिमूर्ति बन्दै समावेशी समाज निर्माणको आधारशिला बन्ने विश्वास गरिएको छ।

images
प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - १४:२१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology