Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामना–४ का विभिन्न टोलमा बृद्ध भत्ता वितरण

इच्छाकामना–४ का विभिन्न टोलमा बृद्ध भत्ता वितरण

images

इच्छाकामना न्युज

२५, आषाढ २०८२
इच्छाकामना–४ का विभिन्न टोलमा बृद्ध भत्ता वितरण
images

इच्छाकामना । इच्छाकामना गाउँपालिका–४ का विभिन्न टोलमा बृद्ध भत्ता वितरण गरिएको छ। ग्लोबल बैंकको सहकार्यमा वडा नं. ४ का माथिल्लो टोल बस्तीहरू—स्याक्लाङ, पातिघारी, बाँझगाउँ, कमलाबारी, कुरनभित्ता, बेलडाडा र सोतागाउँमा बृद्ध नागरिकहरूलाई भत्ता वितरण गरिएको हो।

वृद्धवृद्धाहरूलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्य वडा अध्यक्ष रुद्र उप्रेतीको सक्रिय पहलमा सम्पन्न भएको हो।
स्थानीय तहबाट प्राप्त भत्ता सहज रूपमा लाभग्राहीहरूसम्म पुगोस् भन्ने उद्देश्यले वितरण प्रक्रिया गाउँमै पुगेर सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

वडाध्यक्ष उप्रेतिले भत्ता वितरणमा साथ र सहकार्य गरेकोमा ग्लोबल बैंकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

images
प्रकाशित मिति :आषाढ २५, २०८२ बुधवार - १५:५८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology