Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीमा लागुऔषधसहित एक व्यक्ति पक्राउ

आँबुखैरेनीमा लागुऔषधसहित एक व्यक्ति पक्राउ

इच्छाकामना न्युज

६, श्रावण २०८२
आँबुखैरेनीमा लागुऔषधसहित एक व्यक्ति पक्राउ
आँबुखैरेनी, ६ श्रावण । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गमा प्रहरीले चेकजाँचको क्रममा एक व्यक्तिलाई ठूलो परिमाणको नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति लमजुङको सुन्दरबजार नगरपालिका–८ का ६३ वर्षीय प्रेम बहादुर परियार रहेका छन्। उनलाई प्रहरीले शंका लागि जाँच गर्दा साथमा रहेको कालो झोलाभित्र Diazepam, Phenergan र Buprenorphine गरी जम्मा ५५५ एम्पुल नियन्त्रित औषधि फेला परेको हो।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीका अनुसार परियारले ती औषधिहरू झोलाभित्र लुकाएर बोकेका थिए। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले पछिल्लो समय राजमार्गमा लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको निगरानी कडा पारेको जनाएको छ।

images
प्रकाशित मिति :श्रावण ६, २०८२ मंगलवार - १४:०५:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology