Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

मुग्लिङबाट ठूलो परिमाणमा सुनसहित चार जना पक्राउ

मुग्लिङबाट ठूलो परिमाणमा सुनसहित चार जना पक्राउ

इच्छाकामना न्युज

१६, श्रावण २०८२
मुग्लिङबाट ठूलो परिमाणमा सुनसहित चार जना पक्राउ
images

मुग्लिङ । इलाका प्रहरी कार्यालय मुग्लिङले चोरी गरिएको ठुलो परिमाणको सुनसहित चार जनालाई पक्राउ गरेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारको एक होटलमा बसेका उनीहरूबीच विवाद भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

images
images

भागीरथी होटलमा दुई दिनदेखि कोठा लिई बसेका व्यक्तिहरूको गतिविधि शंकास्पद भएको जनाएपछि प्रहरी नायब उपरीक्षक (प्र.ना.उ) द्वारिका खवासको नेतृत्वमा गएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–१० का ३० वर्षीय रवि बिक, तनहुँको व्यास नगरपालिका–२ का १९ वर्षीय विशाल थापा, सोही नगरपालिकाको वडा नं. ६ की १८ वर्षीया सरिता परियार र वडा नं. २ की ३४ वर्षीया साहिदा खान रहेका छन्।

बरामद सामग्री:

पक्राउ परेकाहरूको साथबाट चोरी गरिएको आशंकामा विभिन्न गरगहना तथा सामाग्रीहरू बरामद गरिएको छ, जसमा निम्न समावेश छन्:

  • मिनी सेफ, लगेज, तीन थान लेडिज झोला

  • क्रिस्टल माला १ थान, घडी २ थान

  • "बराही सुनचाँदी पसल" लेखिएको खोल र त्यसभित्रको थैलीमा रहेको ३ दाना मुँगा माला

  • सुनजस्तो पहेँलो धातुबाट बनेका विभिन्न गहना:

    • कण्ठ जडित माला १ थान

    • नौगेडी माला १ थान

    • छड्के तिलहरी १ थान

    • औँठी २ थान

    • टप (कानमा लगाउने) २ जोडी

    • हातको बाला १ थान

    • मंगलसूत्र १ थान

  • विभिन्न बट्टा र बक्सहरूमा राखिएको गहना सामग्री

  • पोखरा बराही ज्वेलर्स प्रा.लि. र गुरुङ गहना प्रा.लि. लेखिएको प्याकेज

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनी ल्याइएको छ। प्रहरीले यस घटनालाई संगठित चोरीको सन्देहमा अनुसन्धान अघि बढाएको छ।

images
प्रकाशित मिति :श्रावण १६, २०८२ शुक्रवार - २३:१९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology