Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

चितवनमा डेङ्गु सङ्क्रमण बढ्दो, १५ दिनमै २० जना संक्रमित

चितवनमा डेङ्गु सङ्क्रमण बढ्दो, १५ दिनमै २० जना संक्रमित

images

इच्छाकामना न्युज

१६, श्रावण २०८२
चितवनमा डेङ्गु सङ्क्रमण बढ्दो, १५ दिनमै २० जना संक्रमित
images

चितवन, साउन १६ । साउन महिनाको सुरुवातसँगै चितवनमा डेङ्गु सङ्क्रमण फैलिन थालेको छ। यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये हालसम्म २० जनामा डेङ्गु पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो १५ दिनमा गरिएको ७९८ जनाको परीक्षणमा २० जनामा सङ्क्रमण देखिएको हो। कार्यालयकी जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार संक्रमितमध्ये १४ जना चितवन जिल्लाका हुन् भने ६ जना अन्य जिल्लाबाट आएका छन्।

चितवनका संक्रमितमध्ये भरतपुर महानगरपालिकाका ७ जना, खैरहनी नगरपालिकाका ३ जना, रत्ननगर नगरपालिकाका २ जना र कालिका नगरपालिकाका २ जना रहेका छन्। संक्रमितमध्ये ५ जना पुरुष र ९ जना महिला रहेको बताइएको छ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख डा. दिनेश रुपाखेतीका अनुसार हालको मौसम – वर्षा र घामको पालो – लामखुट्टेका लागि अनुकूल हुने भएकाले साउन, भदौ र असोज महिनामा डेङ्गुको जोखिम उच्च हुने गर्दछ।

एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु प्रायः बिहान र साँझको समयमा टोक्ने गर्दछ। यसले प्रायः सफा पानी जम्मा हुने ठाउँ – जस्तै प्लास्टिकका डब्बा, टिन, थोत्रा टायर, गमला, खुल्ला पानी ट्याङ्की, कुलर आदि – मा अण्डा पार्ने गर्दछ।

डा. रुपाखेतीका अनुसार डेङ्गु लागेपछि बिरामीलाई आँखाको गेडी र टाउको दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने, ज्वरो आउने, शरीरमा विविरा आउने तथा कतिपय अवस्थामा रक्तस्रावसमेत हुने जस्ता लक्षण देखिन्छन्।

डेङ्गुबाट बच्नको उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु नै हो। त्यसका लागि घर वरिपरिको सरसफाइ गर्न, पानी जम्न नदिनु, मच्छरदानी वा लामखुट्टे भगाउने साधनको प्रयोग गर्नु मुख्य उपाय हुन्।

images
प्रकाशित मिति :श्रावण १६, २०८२ शुक्रवार - २३:४५:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology