Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीमा लागुपदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

आँबुखैरेनीमा लागुपदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

१७, श्रावण २०८२
आँबुखैरेनीमा लागुपदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
आँबुखैरेनी, १७ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १, समस्तीपुरस्थित श्री चन्द्रोदय माध्यमिक विद्यालयमा आज लागुपदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
पिस हेवन पुनर्स्थापना केन्द्र, बरादी सँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, वडा नं. १ का वडाअध्यक्ष प्रेम बहादुर गुरुङ, स्थानीय जनप्रतिनिधि, पिस हेवन पुनर्स्थापना केन्द्रका प्रतिनिधि, शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाहरूले सक्रिय सहभागिता जनाएका थिए।
कार्यक्रम अन्तर्गत लागुपदार्थको दुरुपयोग रोक्न तथा नियन्त्रण गर्न आवश्यक चेतना र जानकारी प्रस्तुत गरिएको थियो। सहभागिहरूले समुदाय–प्रहरी साझेदारीमार्फत लागुपदार्थसम्बन्धी समस्याहरू समाधान गर्नुपर्नेमा महत्त्व जोड दिएका थिए।
प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले पुनर्स्थापना केन्द्रमा रहेका व्यक्तिहरूलाई पुनर्स्थापना र सुधारमा जोड दिनुपर्ने बताए। उनले समुदाय र परिवारलाई पनि जागरुक बनाउनु आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागीहरूले लागुपदार्थ सेवनबाट हुने हानिहरू, सामाजिक र स्वास्थ्य समस्या तथा उपचारका उपायहरूबारे जानकारी पाएर सकारात्मक प्रतिक्रिया दिएका थिए।
यस प्रकारका सचेतना कार्यक्रमहरूले स्थानीय समुदायमा लागुपदार्थप्रतिको जागरुकता बढाउन र युवा पुस्तालाई सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - १८:४३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology