Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ऐनापहरामा बस दुर्घटना : घाइते ५ को उद्धार, २ जना गम्भीर

ऐनापहरामा बस दुर्घटना : घाइते ५ को उद्धार, २ जना गम्भीर

इच्छाकामना न्युज

१८, श्रावण २०८२
ऐनापहरामा बस दुर्घटना : घाइते ५ को उद्धार, २ जना गम्भीर

आँबुखैरेनी । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस दुर्घटनामा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । पाँचमध्ये दुई जना घाइतेको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले बताए ।

images

गम्भीर घाइते एक जनालाई आँबुखैरेनीको अस्पतालमा उपचारपश्चात् चितवन मेडिकल कलेज रिफर गरिएको छ । गम्भीर घाइते एक जनाको भने आँबुखैरेनी अस्पतालमै उपचार भइरहेको छ ।

गाडीको अगाडिको भाग जमिनमा दबेकाले क्रेनको सहायताले बस निकाल्ने प्रयास भइरहेको उनले बताए । गाडीमा अन्य यात्रु सवार रहे/नरहेकोबारे यकिन भइनसकेको पनि सुवेदीको भनाई छ । ‘क्रेनको सहायताका वस निकाल्ने प्रयास गर्दै छाौ, गाडी भित्र अन्य यात्रु रहे/नरहेको यकिन भइसकेको छैन,’ उनले भने ।

गोरखाबाट नारायणघाटतर्फ जाँदै गरेको बा २ ख १०७७ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो ४ बजेतिर ऐनापहरामा दुर्घटना भएको थियो । बस सडकबाट करिब १५ मिटर तल खसेको उनले बताए ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको पनि प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०८२ आइतवार - २२:५७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology