Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लव समूहले समिति बनायो

सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लव समूहले समिति बनायो

इच्छाकामना न्युज

१८, फाल्गुण २०७७
सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लव समूहले समिति बनायो

काठमाडौं , १८ फागुन । सरकारसँग वार्ता गर्नका लागि प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरिसकेको छ । सरकारले वार्ता समिति गठन गरेपछि विप्लव समूहले पनि प्रकाण्डको नेतृत्वमा वार्ता समिति गठन गरेको हो ।

images

सरकारी तवरबाट समेत पछिल्लो समय वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो । विप्लव समूहको वार्ता समितिमा को-को सदस्य छन् भन्ने बताइएको छैन । यो वार्ता समिति औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

सरकारका प्रवक्ता पार्वत गुरुङले हिजो मात्र विप्लव समूलाई वार्ताका लागि औपचारिक आह्वान गरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७७ मंगलवार - १५:०४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology