Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीमा वृहत बजार सरसफाई कार्यक्रम सम्पन्न

आँबुखैरेनीमा वृहत बजार सरसफाई कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

२३, श्रावण २०८२
आँबुखैरेनीमा वृहत बजार सरसफाई कार्यक्रम सम्पन्न
आँबुखैरेनी । श्रीकृष्ण जन्माष्टमी मेला–२०८२ लाई लक्षित गरी आँबुखैरेनीमा वृहत बजार सरसफाई कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय आँबुखैरेनी र आँबुखैरेनी संस्कृती संरक्षण मञ्चको संयुक्त आयोजनामा आज (साउन २३ गते) समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो।
529697182_1074752534828203_4981391304842201248_n.jpg
 
कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, स्थानीय जनप्रतिनिधिहरू, संस्कृती संरक्षण मञ्चका पदाधिकारी, स्थानीय टोल सुधार समितिका प्रतिनिधि, नेपाल भूतपूर्व सैनिक संघ आँबुखैरेनी तनहुँका पदाधिकारी तथा सदस्यहरू, प्रहरी कर्मचारीहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको संस्कृती संरक्षण मञ्चका अध्यक्ष मनोज कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
530203027_1074753554828101_181599880342401286_n.jpg
 
सहभागीहरूले वडा नं. २ र ३ अन्तर्गत पर्ने श्री सिद्धि गणेश टोल, आँबुखैरेनी चोक, चिसापानी टोल, गोरखा रोड बीच बजार, डाँडा टोल, मनकामना चोक हुँदै गोरखा पुलसम्मको क्षेत्र सफा गरेका छन्।
528745759_1074753021494821_9003597868793237927_n.jpg528599671_1074753574828099_5572482186996675978_n.jpg

images
प्रकाशित मिति :श्रावण २३, २०८२ शुक्रवार - ११:२१:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology