Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

थारु पत्रकार संघले ‘फुलरिया’ प्रकाशनलाई निरन्तरता दिने

थारु पत्रकार संघले ‘फुलरिया’ प्रकाशनलाई निरन्तरता दिने

images

इच्छाकामना न्युज

२४, श्रावण २०८२
थारु पत्रकार संघले ‘फुलरिया’ प्रकाशनलाई निरन्तरता दिने
images

चितवन, २४ साउन । थारु पत्रकार संघले संस्थाको मुखपत्र फुलरिया प्रकाशनलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ। चितवनको सौराहास्थित होटल भिष्टामा शनिबार बसेको केन्द्रीय समितिको बैठकले केही वर्षयता अवरुद्ध भएको प्रकाशनलाई पुनः नियमित गर्ने निर्णय गरेको हो।

बैठकले फोनिजको स्थापना दिवसमा संस्थागत रूपमा सक्रिय सहभागिता जनाउने निर्णयसमेत गरेको छ। संघीय समितिले काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रम तथा जिल्ला शाखाले गर्ने कार्यक्रममा पनि सक्रिय उपस्थिति रहने संघले जनाएको छ। केन्द्रीय अध्यक्ष सन्तकुमार चौधरीको अध्यक्षतामा बसेको बैठकले संस्थाको प्रगति र अवस्थाबारे समीक्षा गर्दै कार्तिक मसान्तभित्र सबै जिल्लामा अधिवेशन सम्पन्न गर्ने, विधान संशोधनको कामलाई पूर्णता दिने र संस्थाको योजनाहरूलाई प्रभावकारी बनाउन कार्ययोजना तयार गर्ने निर्णय गरेको छ।

कार्य सम्पादनमा सहजताका लागि अध्यक्ष चौधरीकै नेतृत्वमा पाँच सदस्यीय सचिवालय समिति पनि गठन गरिएको छ। बैठकमा सल्लाहकार कृष्णराज सर्वहारी, अक्षयकोष दाता तथा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य डा। मनोजकुमार चौधरी र उनकी धर्मपत्नी हेमा चौधरी, थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीलगायत थारु पत्रकार संघका सम्पूर्ण कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।

images
प्रकाशित मिति :श्रावण २४, २०८२ शनिवार - २१:४२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology