Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

ठोरीमा सञ्चालित भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी

ठोरीमा सञ्चालित भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी

images

इच्छाकामना न्युज

२५, श्रावण २०८२
ठोरीमा सञ्चालित भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी
images

चितवन, साउन २५ (रासस) । नेपाल नेत्रज्योति संघ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा उपचार गराउने बिरामीमध्ये ९० प्रतिशत भारतीय नागरिक हुने गरेका छन्। भारत–नेपाल सीमाबाट १०० किलोमिटर टाढासम्मका भारतीय नागरिक आँखा उपचारका लागि ठोरी आउने गरेका हुन्।

अस्पतालका इञ्चार्ज अङ्कीत श्रीवास्तवका अनुसार गत आर्थिक वर्षमा बहिरङ्ग (ओपीडी) सेवामा १६ हजार २८४ जनाले सेवा लिएका थिए, जसमध्ये १४ हजार १८ जना भारतीय नागरिक थिए। सो अवधिमा ८३९ जनाको शल्यक्रिया गरिएको थियो। अघिल्लो वर्षमा पनि करिब १५ हजारले सेवा लिएको श्रीवास्तवले जानकारी दिनुभयो।

उहाँका अनुसार भारतको पश्चिमी चम्पारण क्षेत्रबाट धेरैजसो बिरामी ठोरी आउने गर्छन्। उनीहरू नजिक, सहज र सस्तो उपचार सुविधा पाइने भएकाले ठोरीलाई प्राथमिकता दिने गरेका हुन्।

भरतपुर आँखा अस्पताल सञ्चालक समितिका कार्यवहाक अध्यक्ष तेजेन्द्र खड्काले बिरामीले ओपीडी सेवा लिन रु ८० मात्र तिर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। भारतबाट आउने बिरामीमा प्रायः मोतियाबिन्दु र आँखाको नानीसम्बन्धी चोटपटकका समस्या देखिन्छन्।

शल्यक्रियासमेत आवश्यक परेमा कम शुल्कमा उच्चस्तरीय सेवा उपलब्ध हुने भएकाले भारतीय बिरामीको संख्या बढ्दो क्रममा रहेको उहाँको भनाइ छ। उपचारका लागि भारतीय बिरामीले विकल्पमा गोरखपुर जानुपर्ने अवस्था हुँदाहुँदै पनि सस्तो र गुणस्तरीय सेवा पाएपछि नेपालकै ठोरी आउने गरेका हुन्।

अस्पताललाई विभिन्न दाताहरुको सहयोग समेत प्राप्त हुने भएकाले कम खर्चमा सेवा दिन सकिएको अध्यक्ष खड्काले बताउनुभयो।

कतिपय बिरामीलाई थप उपचारका लागि भरतपुर आँखा अस्पतालसम्म ल्याउने गरिन्छ भने केही समयमा भरतपुरका विशेषज्ञ चिकित्सकहरू ठोरीमै पुगेर सेवा दिने गरिएको छ। भरतपुर आँखा अस्पतालले हाल २५ जिल्लामा सेवा विस्तार गरेको जनाएको छ।

images
प्रकाशित मिति :श्रावण २५, २०८२ आइतवार - १६:४७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology