चितवन, २५ श्रावण । तमु प्ये ल्हु संघ चितवनले आफ्नो गौरवको परियोजना तथा आस्थाको धरोहर ‘क्होइबो निर्माणार्थ जमिन खरिद महाअभियान २०८१’ सफल बनाउन सक्रियताका साथ काम गरिरहेको छ । संघले अभियानलाई सफल बनाउन विभिन्न समुदायका सदस्यबाट आर्थिक सहयोग संकलन गरिरहेको छ ।
यसै क्रममा भरतपुर महानगरपालिका–१५, सूर्यनगर निवासी खेगी गुरु श्री ईन्द्र बहादुर क्रोम्जे तमु पच्यु र देउ कुमारी योजा तमुस्योले रु ५१,५००/- (एकाउन्न हजार पाँच सय रुपैयाँ) आर्थिक सहयोग गरेका छन् ।
तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु गुरुङले सहयोग गर्ने सबै सदस्यप्रति धन्यवाद व्यक्त गर्दै अभियानलाई सफल बनाउन सम्पूर्ण तमु समुदायको सहयोग आवश्यक रहेको बताए ।
संघले यस अभियानबाट समुदायको सांस्कृतिक पहिचान संरक्षण र विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।