Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

फागुन २४ गते तनहुँमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने

फागुन २४ गते तनहुँमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने

रासस

१९, फाल्गुण २०७७
फागुन २४ गते तनहुँमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने
images

तनहुँ, १९ फाल्गुन ।
तनहुँको देवघाट गाउँपालिकाले नारी दिवसका अवसरमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो ।  देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।
गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो । तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।
गाउँपालिकाले नारी दिवसका अवसरमा दिवा खाजा व्यवस्थापनका लागि विद्यालय र बाल विकास केन्द्रलाई भाँडाबर्तन वितरण  तथा ढोरबाराही डेन्टल केयर सेन्टरको सहयोगमा महिला स्वस्थ दाँत प्रतियोगिता एवं दन्त शिविरसमेत आयोजना गर्दैछ ।

images
images

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १४:०८:५४ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology