Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भरतपुर अस्पताल गरिब र विपन्न वर्गको उपचारको साथी बन्दै

भरतपुर अस्पताल गरिब र विपन्न वर्गको उपचारको साथी बन्दै

इच्छाकामना न्युज

७, भाद्र २०८२
भरतपुर अस्पताल गरिब र विपन्न वर्गको उपचारको साथी बन्दै

चितवन, भदौ ७ गते । भरतपुर अस्पतालले क्याथल्याब सेवा सुरु गरेपछि नेपालमै सबैभन्दा सस्तो उपचार प्रदान गर्दै आएको दाबी गरिएको छ । मुटु, टाउको र शरीरको इन्टरभेन्सनमा गरिने उपचार काठमाडौँको भन्दा सस्तोमा गर्ने गरिएको अस्पतालले जनाएको छ ।

images

न्युरो इन्टरभेन्सन अन्तर्गत दिमागको नसा फुट्ने र पक्षाघातको उपचार भरतपुर अस्पतालले गर्दै आएको छ । भरतपुर अस्पतालका रेडियोलोजिस्ट डा. प्रदेश घिमिरले न्युरोसम्बन्धी उपचार काठमाडौँको भन्दा सस्तोमा गर्ने गरिएको बताउनुभयो । काठमाडौँका केही सरकारी र निजी अस्पतालमा हुने सेवा सस्तो र भरपर्दो रूपमा भरतपुरमै पाइने गरेको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “जटिल उपचार राजधानी काठमाडौँमा मात्रै हुन्छ भन्ने मानसिकता छ तर उपत्यकाबाहिर भरतपुर अस्पतालमा पनि न्युरो इन्टरभेन्सनको उपचार राम्रोसँग हुने गरेको छ ।”

न्युरोसम्बन्धी सबै उपचार भरतपुर अस्पतालले गत जेठ २२ देखि सुरु गरेको हो । अस्पतालले क्याथल्याब ल्याएपछि जटिल उपचार सेवाहरू सञ्चालनमा ल्याएको हो । भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले सरकारी अस्पताल भएर पनि नेपालकै सस्तो उपचार दिँदै आएको बताउनुभयो । भरतपुर अस्पतालका प्रवक्ता तथा सिनियर कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा. रामप्रसाद सापकोटाले अस्पतालले विशिष्टीकृत सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । क्याथल्याब सेवा सुरु भएपछि मुटुको रगत सप्लाई कोरोनरी एन्जियोग्राफीको उपचार जेठयता ५४ वटा भएका छन् ।

एक वर्षमा पाँच हजारको निःशुल्क उपचार भरतपुर केन्द्रीय अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार गरेका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित वर्गका नागरिकले निःशुल्क उपचार लिएका हुन् । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार र लक्षित वर्गको उपचारमा सेवा पाएको जानकारी दिनुभयो ।

यसरी उपचार लिँदा चार करोड छ लाख ९५ हजार १० रुपियाँ बराबरको सेवा पाएका हुन् । सामाजिक सेवा एकाइ प्रमुख रामहरि ढकालले लक्षित वर्गमा चेपाङ, बोटे, मुसहर, माझी, असहाय नागरिक पर्ने गरेका जानकारी दिनुभयो । गत वर्ष यी वर्गका तीन हजार ४९ नागरिकले सेवा लिएका उहाँले बताउनुभयो । उनीहरूले तीन करोड ३३ लाख ७६ हजार ३५८ रुपियाँ बराबरको सेवा लिएका थिए । उपचार गर्न सहमति रत्ननगर नगरपालिका र भरतपुर अस्पतालबिच गरिब तथा विपन्न नागरिकको उपचार सहायतासम्बन्धी सम्झौता भएको छ ।

नगरभित्र अलपत्र परेका, गरिब तथा विपन्न नागरिकलाई रोगको निदान तथा औषधी उपचारमा सहयोग गर्ने उद्देश्यले नगरप्रमुख प्रलाद सापकोटा र भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलबिच स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रत्ननगर नगरपालिकाको नगर सभाबाट आव २०८२÷८३ को वार्षिक स्वीकृत कार्यव्रmम अनुसार चितवन जिल्लाभित्र रहेका अलपत्र गरिब तथा विपन्न नगरवासीको रोगको निदान तथा औषधी उपचारको कार्यव्रmम कार्यान्वयनका लागि सो सम्झौता भएको हो ।

नगरपालिकाले प्रमाणित गरेको सिफारिसबमोजिम न्यूनतम एक हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म उपचारमा छुट हुने छ । भरतपुर अस्पतालले सिफारिस भइआएका बिरामीलाई अस्पतालमा भएसम्मका छुट उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख छ । बिमा नगरेका, बिमा रकम सकिएका तथा सरकारका अन्य निःशुल्क कार्यव्रmममा नसमेटिएका नागरिकले यो सुविधा प्राप्त गर्ने छन् ।

images
प्रकाशित मिति :भाद्र ७, २०८२ शनिवार - ०९:३०:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology