Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नागढुंगा–मुग्लिङ सडक : भदौ मसान्तसम्ममा खाल्डाखुल्डी पुरिने

नागढुंगा–मुग्लिङ सडक : भदौ मसान्तसम्ममा खाल्डाखुल्डी पुरिने

इच्छाकामना न्युज

८, भाद्र २०८२
नागढुंगा–मुग्लिङ सडक : भदौ मसान्तसम्ममा खाल्डाखुल्डी पुरिने

मुग्लिन , ०७ भदौ । सडक विभागले चाडपर्वलाई ध्यानमा राख्दै नागढुङ्गा-मलेखु-मुग्लिङ सडक खण्डमा विशेष कार्ययोजना बनाएको छ। मनसुनजन्य विपद् र पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउन २४ सै घण्टा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिनेछ।

images

दसैँ-तिहारमा घर फर्किने यात्रुको चापलाई मध्यनजर गर्दै सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिइनेछ। काठमाडौँ । सडक विभागले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै नागढुङ्गा–मलेखु–मुग्लिङ सडक खण्डमा यात्रा सहज र सुरक्षित बनाउन विशेष कार्ययोजना तयार गरेको छ । कार्ययोजना अनुसार, मनसुनजन्य विपद्बाट सडक अवरुद्ध भएमा तत्काल खुलाउन र चाडपर्वमा सहज आवागमन सुनिश्चित गर्न २४ सै घण्टा हेभी इक्विपमेन्ट (यन्त्र–उपकरण) तयारी अवस्थामा राखिने विभागले जनाएको छ ।

कार्ययोजनामा मनसुनका बेला बाढी–पहिरोका कारण हुन सक्ने अवरोधलाई प्राथमिकतामा राखिएको छ । यसका लागि पहिरोको उच्च जोखिम रहेका क्षेत्रहरूमा यन्त्र–उपकरणसहितको टोली तैनाथ गरिएको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए । जसले पहिरो जानेबित्तिकै अवरुद्ध हटाउनका लागि सहज हुनेछ साथै तत्काल यातायात सुचारु गराउन सकिने उनको भनाइ छ । उनकाअनुसार यो सडक खण्डलाई सुरक्षित बनाउन विभिन्न रोकथामका उपायहरू पनि अपनाइएको छ ।

यस्तै झ्याप्लेखोला र कृष्ण भिरजस्ता संवेदनशील क्षेत्रमा पहिरो रोकथाम तथा ‘स्लोप स्टेबिलाइजेसन’को काम जारी छ । उनले महेश खोला लगायतका स्थानमा खोलाले गर्ने कटान नियन्त्रणको काम सम्पन्न भइसकेको र टेवा पर्खाल निर्माण कार्य चलिरहेको बताए । यस्तै भू–संरक्षणका लागि हरियाली प्रविधिको प्रयोगलाई निरन्तरता दिइएको छ । आवश्यक स्थानमा पुल, कल्भर्ट तथा नाली निर्माण र सफाइको कामलाई पनि तीव्र पारिएको छ । यसैगरी दसैँ–तिहार जस्ता ठुला चाडपर्वमा घर फर्किने यात्रुहरूको चापलाई ध्यानमा राख्दै सडक मर्मत तथा सुधार कार्यलाई पनि विशेष प्राथमिकता दिइएको छ ।

कार्ययोजना अनुसार, भदौ महिनाको अन्तिम सातादेखि मसान्तसम्ममा सडकका सम्पूर्ण खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गरिने विभागले जनाएको छ । विभागका अनुसार चालु अवस्थामा रहेका ठेक्का अन्तर्गतका निर्माण व्यवसायीहरूलाई पनि आफ्नो क्षेत्रको खाल्डाखुल्डी तत्काल मर्मत गर्न निर्देशन दिइएको छ । साथै, सवारी साधनलाई आवतजावतमा कुनै कठिनाइ हुन नदिन बढी भत्किएका सडक खण्डहरूमा ग्राभेल राखेर सतह मिलाउने जनाइएको छ ।

images
प्रकाशित मिति :भाद्र ८, २०८२ आइतवार - ०९:०५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology