Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीको डाँडाटोलमा टोल सुरक्षा समिति गठन

आँबुखैरेनीको डाँडाटोलमा टोल सुरक्षा समिति गठन

इच्छाकामना न्युज

२९, भाद्र २०८२
आँबुखैरेनीको डाँडाटोलमा टोल सुरक्षा समिति गठन
आँबुखैरेनी। डाँडाटोल सुधार समिति, आँबुखैरेनी–३, तनहुँले ९ सदस्यीय टोल सुरक्षा समिति गठन गरेको छ। हाल देशमा सुरक्षाको अवस्था कमजोर भएका कारण समुदायमा आपसी सहयोग र सुरक्षा सुदृढ गर्न यो पहल गरिएको हो।
 
समितिका अध्यक्ष प्रकाश श्रेष्ठले वर्तमान अवस्थामा सरकार र सुरक्षाको अभावबीच समुदायमै आधारित सुरक्षा व्यवस्था आवश्यक भएको बताए। उनले भने, "हामी केवल संस्था होइनौं, तपाईंहरूको परिवार हौँ। कुनै समस्या वा चुनौती आइपरेमा निडर भएर सम्पर्क गर्न सकिन्छ।"
 
सुरक्षाका लागि स्थानीयबासीलाई सतर्क रहन आग्रह गर्दै समितिले नयाँ व्यक्ति देखिएमा आवश्यक सोधपुछ गर्न, तथा कोही असहाय देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।

images
प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - २३:४०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology